Wednesday, April 22News That Matters

सौर्य एयर विमान दुर्घटना : एकै परिवारको तीन जनाको मृत्यु

पूर्णपुष्टि, साउन ९ । काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारको तिन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सौर्य एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र ४ वर्षीय छोरा अधिराज शर्मा रहेका छन्। प्रिजा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सहायक कम्प्युटर अपरेटर पदमा कार्यरत थिइन्।

सौर्य एयरलाइन्सले जारी गरेको विवरणमा खतिवडा र उनका छोरालाई कम्पनीकै कर्मचारीको रूपमा उल्लेख गरिए पनि उनीहरू यात्रु रहेको खुलेको छ। नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनामा बालक अधिराज शर्माको मृत्यु भएको पुष्टि गरेको छ।