
मोरङ, कात्तिक ६
मोरङ बेलबारीमा स्कुटर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । बेलबारी –४ निबासी १९ बर्षीया समिक्षा राईको स्कुटी दुर्घटनामा मृत्यु भएको हो ।
हिजो राती पौने १२ बजे बेलबारी–४ स्थित भित्री सडकखण्डमा को ३२ प ५६३७ नम्बरको स्कुटी अनियन्त्रीत भई दुर्घटना हुदा स्कुटी चालक राई गम्भिर घाईते भएकी थिईन ।
उनको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा आज विहानको राती साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
