Friday, May 22News That Matters

स्पेनको मड्रिडमा लकडाउनको घोषणा

पूर्णपुष्टि, असोज १५

कोरोना सङ्क्रमितको संख्या बढेपछि स्पेनमा राजधानी मड्रिड र आसपासका क्षेत्रमा लकडाउनको घोषणा गरिएको छ । सङ्क्रमितको संख्या ह्वात्तै बढेको भन्दै स्पेन सरकारले लकडाउनको घोषणा गरेको हो ।
नयाँ घोषणामा अब राजधानी मड्रिड र आसपासका नागरिक अति–आवश्यक नपरि घर बाहिर निस्कन नपाउने अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।

काम, किनमेल र डाक्टरसँग भेट्नको लागि भने बाहिर जान पाउनेछन् । त्यस्तै ६ जनाभन्दा धेरैलाई जम्मा हुन पनि रोक लगाइएको छ । तर मड्रिडको क्षत्रिय सरकारले भने कानुनी रुपमा लकडाउन मान्य नभएको जनाईएको छ ।

स्पेनमा अहिलेसम्म ७ लाख ४८ हजारमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ३१ हजार ४ सय ११ जनाको मृत्यु भएको छ ।