Wednesday, July 1News That Matters

स्याङ्जामा पहिरोले पुरेर एक जनाको मृत्यु, ३ जना बेपत्ता

पूर्णपुष्टि, असार ३०

अविरल वर्षापछि आएको पहिरोमा परि स्याङ्जामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । कालीगण्डकी गाउँपालिका–४ खहरे लाँकुरीथोकमा पहिरोले पुरिंदा बिर्घाका एक जनाको  मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो बेलुकी गएको पहिरो हेर्न आज बिहान छिमेकीसँगै पुगेका अन्दाजी ७० वर्षका पुरुषलाई माथिबाट झरेको पहिरोले पुरेको स्थानीयले बताएका छन् । तीन जना घाइते भएका छन् । तीन जना बेपत्ता छन् ।

पहिरोले स्थानीय ३ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । स्याङजाका प्रहरी प्रमुख बिमलराज कँडेलका अनुसार बेपत्ताको खोजी भैरहेको छ ।