
पूर्णपुष्टि, भदौ २३
प्रहरीले स्रोत नखुलेको ११ लाख नगदसहित काठमाडौंको नागढुंगाबाट एकजनालाई पक्राउ गरेको छ । प्रहरीले भारत पश्चिम बंगाल हाउडा घर बताउने १९ वर्षीय शोविक आदक पक्राउ परेको हो ।
धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ४४५० नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई झोलामा लुकाइ ल्याएको उक्त स्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
