Saturday, June 27News That Matters

स्वदेश फर्कनेका लागि प्रदेश १ ले सुरु गर्यो अनलाइन फर्म

पूणर्पुष्टि, जेष्ठ, २८

विदेशमा अलपत्र परेका नेपालीहरुलाई प्रदेश १ ले अनलाइन फर्म मार्फत स्वदेश फर्काउने भएको छ ।

कोरोना भाइरसको संक्रमणले गर्दा काम दाम बिहिन विदेशमै अलपत्र परेको नेपालीहरुलाई स्वदेश आउन चाहे अनलाइन फर्म खुल्ला गरिएको प्रदेश १ ले जनाएको छ ।

साथै प्रदेशले स्वदेशमा फर्किएका आफ्ना नागरिकहरुको तथ्याङक पनि संकलनको काम गरेको १ नं प्रदेशका मुख्यमन्त्रि शेरधन राइले बताउनुभयो ।

उहाँले फारम भरेका प्रदेशवासीको सीपलाई प्रदेशको विकासमा प्रयोग गर्ने उद्देश्यसहित सरकारले अनलाइन फारम खुला गरेको मुख्यमन्त्री शेरधन राईले बताउनुभयो ।

उहाँले विदेशबाट रोजगारी गुमाएर फर्किएका युवाहरुलाई उद्यममा जोड्न प्रदेश सरकार लागिपरेको बताउँदै विदेशबाट फर्कन चाहेका र फर्किएका युवाहरुको सीप सदुपयोग गरिने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

५ जेठमा बसेको मन्त्रिपरिषद बैठकले विदेशमा रहेका प्रदेश १ का नागरिकहरुको अनलाइन फारम तयार गरेर तथ्यांक संकलन गर्ने निणर्य गरेको थियो ।

अनलाइन तथ्यांक फारममा व्यक्तिगत विवरण, योग्यता, ठेगाना, विदेशमा कार्यरत ठेगाना लगायत केही प्रश्नावली समेत राखिएको छ ।

तथ्यांक संकलनले विषयगत क्षेत्र पत्ता लगाउँदै युवाहरुलाई रोजगारी उपलब्ध गराउन सहज हुने प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले बताए ।