Thursday, June 18News That Matters

स्वप्न सुमन पहिलो पल्ट फिल्म खेल्दै

पूर्णपुष्टि,माघ ६ । पछिल्लो समयमा आवाजको माध्यमद्धारा नेपाली युवा जगतको मनमुटुमा वस्न सफल स्वप्न सुमन पहिलो पल्ट फिल्ममा देखिने भएको छ । गायक सुमनले दिनेश राउतको निर्देशनमा बन्ने फिल्मबाट अभिनयमा डेव्यू गर्ने भएको हो । उनलाई फिल्ममा अनुबन्ध गरेको निर्देशक राउतले जानकारी दिएको छ ।

फिल्ममा स्वप्न सुमनबाहेक अन्य कलाकार सार्वजनिक गरिएको छैन। निर्देशक राउतका अनुसार अर्को साताभित्र कलाकारसँगै निर्माण कम्पनीबारे जानकारी दिइनेछ। उक्त फिल्म सहरी क्षेत्रमा देखिने ढोङ प्रवृत्तिको कथामा आधारित रहेको छ ।

फिल्मको पटकथा विकास सुवेदीले तयार पारिरहेका छन् । फिल्मको आगामी वैशाखमा छायांकन बताएको छ । स्वप्न सुमन नेपाली सांगीतिक क्षेत्रमा रूचाइएका गायक हुन्।

गायक स्वप्न सुमनले आफ्नो सांगीतिक करिअर युट्युबबाट सुरू गरेका थिए। सन् २०१२ देखि युट्युबमा आफूले गाएको भिडिओ हाल्थे। सन् २०१४ मा उनको पहिलो गीत ‘के साह्रो राम्री भको’ सार्वजनिक भएको थियो । उनको ‘द कफी सङ, के साह्रो राम्री भाको, ए हेल्लो, कसरी भनुँ, म तिम्रोु लगायतका गीतहरु चर्चित छन्।