
उदयपुर, माघ १९ गते ।
त्रियुगामा संचालन भएको आङ्ग (पाठेघर) खस्ने समस्या सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरबाट एक सय बढी आमाहरु लाभान्वित भएका छन् । जिल्ला अस्पतालमा संचलान भएको शिविरबाट एक सय १८ जना आमाहरु लाभान्वित भएका हुन् ।
बागमती सेवा समाज नेपालको आयोजना, त्रियुगा नगरपालिकाको समन्वयनमा शिविर संचालन भएको थियो । शिविरबाट लाभान्वित भएका एक सय १८ जना मध्ये १४ जनालाई अप्रेसन गर्न बाहिर रेफर गरिएको छ । त्यस्तै २८ जनालाई रिङ प्रेस राखिएको छ भने ३४ जनामा पाठेघरको सामान्य समस्या देखा परेको बागमती सेवा समाज नेपालको स्वास्थ्य संयोजक सुनीलकुमार शाहले बताए ।
शिविरमा सेवा लिन आएमा सवै आमा, दिदी बहिनीहरुलाई पाठेघर सम्बन्धि परामर्श दिएको थियो भने सामान्य विरामीलाई औषधी दिएर पठाएको संयोजक शाहले बताए । अप्रेशनका लागि शिविरले रेफर गरेका विरामीलाई कोशी अञ्चल अस्पातामा निःशुल्क अप्रेसन गरीने उनले बताए । कोशी अञ्चल अस्पतालमा अप्रेसन हुन नसक्ने विरामीहरुलाई सिरमेमोरियल अस्पताल बनेपा पठाईने उनले बताए ।
उमेर नपुगी सानै उमेरमा विवाह गर्नु, बच्चा जन्मान्तर छोटो अवधि हुनु, खानपानमा ध्यान नदिनु र सरसफाई लगायतका कुराले पाठेघरको समस्या हुने उनले बताए । अप्रेसन गर्नु पर्ने विरामीहरुको अप्रेसन चार्ज, खाको, बसेको, आको गाको र एक जना कुरुवालाई समेत कुनै पनि शुल्क नलाग्ने पूर्ण निःशुल्क भएको संयोजक शाहले बताए ।
गाउँघरमा बसोबास गर्ने आमाहरुले आफु भित्र रहेको रोग लाजले भन्न नसकी आफु भित्रै पालेर बस्नाले अकालमा ज्यान समेत जाने भएकाले नलजाई खुलेर डाक्टरहरुलाई भन्न त्रियुगा नगरपालिकाकी उपमेयर देवीकुमारी चौधरीले बताईन् । समयमै उपचार गरे निको हुन्छ । तर भन्न लाज मानेर रोग पालेर राख्ने हो भने अकालमा ज्यानसमेत जान सक्ने भएकाले शिविरबाट सक्दो सेवा लिन आमाहरुलाई आग्रह गरेकी छिन् ।
बालविवाह र पोषिलो खाद्या वस्तुको अभावले हुने समस्या घरको सदस्यलाई समेत भन्न लजाउँदा त्यसले ज्यान समेत लिन्छ । शिविरले नगरका आमा, दिदी , बहिनीहरुको स्वास्थ्यमा ठूलो टेवा पु¥याउने आशा लिएको उपमयेर चौधरीले बताईन् ।
