Tuesday, April 21News That Matters

हजारको नयाँ नोटमा जुम्लयाहा हात्तिको तस्विर राखियो, २६ अर्बको नयाँ नोट नेपाली बजारमा

पूणर्पुष्टि, साउन, ७

२६ अर्बको नयाँ नोट नेपाल राष्ट्रिय बाणिज्य बैँकले नेपाली बजारमा पठाएको छ । २६ अर्ब बराबरको १ हजारको नयाँनोट नयाँ विषेशता सहित बजारमा बैँकले पठाएको हो ।

पहिलेको १ हजारको नयाँ नोटमा एउटा मात्र हात्ति राखिन्थ्यो भने अबको हजारको नयाँ नोटमा भने २ ओटा हात्ति राखिएको छ । बुधबार मात्रै २६ अर्बको जुम्ल्याहा हात्ति सहितको नयाँ नोट बजारमा पठाइएको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवति नेपालले जानकारी दिनुभयो ।

उनका अनुसार आज बजारमा पठाइएका नयाँ नोटहरुमा सुरक्षा विशेषता अन्य यथावत रहे पनि हात्तीको संख्या भने थपिएको छ । पहिले एक हजारको नोटमा एउटा मात्रै हात्ती हुने गरेकोमा अब जुम्ल्याहा हात्ती नयाँ नोटमा हुनेछन् ।

देवकलीबाट जन्मिएका जुम्ल्याहा हात्तीको नाम ‘राम’ र ‘लक्ष्मण’ हो । उनीहरु अहिले पनि चितवन राष्ट्रिय निकुञ्जमा गस्तीमा जान प्रयोग गरिन्छन् । प्रायः हात्तीबाट जुम्ल्याहा बच्चा जन्मिनु दुर्लभ मानिन्छ । तिनै दुर्लभ हात्तीको फोटो हजारका नोटमा राखिएका छन् । यसअघिको हजारको नोटमा भएको हात्तीको फोटो कहाँको हो र कसले खिचेको हो भन्ने कसैलाई जानकारी छैन । यी नै जुम्ल्याहा हात्तिको तस्विर सहित नयाँ नोट नेपाली बजारमा भित्रिएको हो ।