Wednesday, May 13News That Matters

हतियार सहित १ जना पक्राउ

सोलुखुम्बु, बैशाख २८ गते ।

सोलुखुम्बुको सोताङमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेको छ । सोताङ गाउँपालिका–३ को  नागीयाङ सामुदायिक वनबाट अबैध भरुवा बन्दुकसहित प्रदिप राईलाई पक्राउ गरेको हो ।

सामुदायिक वन भित्र वन्यजन्तुको चोरी शिकारी भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सोताङबाट खटेका प्रहरी टोलीले स्थानीय २५ बर्षीय राईलाई १ थान भरुवा बन्दुक र १ वटा मरेको कालिज सहित बिहान करिब ७ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चोरी शिकारीमा संग्लग्न रहेका अर्का स्थानीय २५ बर्षीय दिपक राई फरार रहेकाले खोजतलास भईरहेको छ भने थप अनुसन्धान भईरहेको ईप्रकाले जनाएको छ ।