Friday, July 3News That Matters

हराएको मोवाइल सजिलै पत्ता लगाउन प्राधिकरणमा यसरी रिपोर्ट गर्नुहोस्

पूणर्पुष्टि, साउन ६ 

मोवाइल हराउने समस्यालाई मध्यनजर गरी नेपाल दुरसञ्चारले सर्वसाधरणहरुका लागि मोवाईल ट्रयाकिङ सेवा उपलब्ध गराएको छ ।

अब हराएको मोवाइल ट्रयाकिङ सेवाको आधारमा सहजै पक्ता लगाउन मिल्ने गरी दुरसञ्चारले यो सेवा उपलब्ध गराएको हो ।

विश्वको जुनसुकै देशमा बनेको फोन भएपनि नेपाल ल्याएर त्यसमा सिम हालेर एकपटक चलाएपछि उक्त फोनको रेकर्ड टेलिकम कम्पनीहरु तथा प्राविधिकरणमा तथ्यांक हुने र सोही आधारमा ट्रयाकिङ गर्न सकिने प्राधकिरणले जानकारी दिएका  छन् ।

आफूले चलाइरहेको कुनै पनि मोबाइल फोनको रिपोर्ट गर्न सकिने यस्तो प्रविधिबाट हराएको फोन यति कसैले प्रयोग गरेको भए सहजै पत्ता लाग्ने भएको छ ।

’कसैले मोवाईल फोनसेट भेट्टाउनु भएको छ भने तुरुन्त जसको फोनसेट हो सोही व्यक्तिलाई वा नजिकको नेपाल प्रहरीको कार्यालयमा वा प्राधिकरणमा जानकारी गराई फिर्ता गर्न सक्नु हुनेछ ।

यदि कसैले त्यस्तो भेट्टाएको फोन सेट संबन्धित व्यक्तिलाई नदिई अन्य व्यक्तिलाई बिक्रि गरेको वा कसैले खरिद गरेको पाईएमा सहजै मोबाइल ट्रयाकिङ गर्न सकिने भएकोले कानुन बमोजिम कानुनी कारवाही हुने समेत जनाएको छ । कार्वाही सम्बन्धि प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै सबैलाई सचेत गराएको छ ।

यदि कुनै पनि प्रयोगकर्ताको फोनसेट हराएपछि उसले प्राधिकरणको सिस्टममा रिपोर्ट गरेपछि उक्त फोनको ट्रयाक हुन्छ । र सहजै भेटिने छ । त्यसका लागि      मा गएर फोन हराएका व्यक्तीले निवेदन दिनसक्ने छन्।