
पूर्णपुष्टि, पुष ३ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ९ निवासी हरि बहादुर राउतले आफ्ना आमा–बुबाको सम्झनामा १० जना ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप जाडोमा न्यानो कपडा वितरण गरेका छन् ।
बुधबार गाईघाट स्थित होटल टाउन हलमा राउतले वडा नं. ११ का १० जना वृद्ध–वृद्धालाई स्विटर, टोपी र बर्कि वितरण गरेका हुन् । त्रियुगाको १६ वटै वडाका ९० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई सम्मान स्वरुप न्यानो कपडा वितरण गर्न लागिएको राउतले जनाए ।
