
पूर्णपुष्टि, असार २७
हालै उदयपुर आउनुभएको जिल्ला ट्राफिक ईन्चार्ज लिलाराज श्रेष्ठले ट्राफिकको पहिलो काम दुर्घटना नियन्त्रण नै रहेको बताउनु भएको छ ।
उहाँले दुर्घटना एउटा प्रक्रिया जस्तो भईसकेको र यस्तो हुनुमा हरेक व्यक्तिहरु सचेत नबन्नु मुख्य कारक रहेको बताउनुभयो ।
यसका लागि चालक यात्री, र सम्बन्धित सबै क्षेत्रहरु सचेत रहनु पर्ने उहाँको भनाई छ । लामो समय ट्राफिक क्षेत्रमै काम गरिसक्नु भएका श्रेष्ठ यस भन्दा पहिले भोजपुरमा रहेर ट्राफिक सेवामा कार्यरत हुनुहुन्थियो ।
उदयपुर बाट ट्राफिक इन्चार्ज कमल कार्कीको सरुवा भएपछि श्रेष्ठ भोजपुर बाट उदयपुर सरुवा भएर आउनु भएको हो । श्रेष्ठले जिल्लामा दुर्घटना नियन्त्रण र सचेतना कार्यक्रमका लागि कदमहरु चालिसकेको बताउनुभयो । हाल कोरोना भाईरसका कारण पूर्ण रुपमा ट्राफिक कार्यक्रमहरु गर्न नसकेको भन्दै अब वन्दै गएको सहजलाई तत्काल सदुपयोग गरी ट्राफिकको काम कर्तव्यमा लाग्ने र जनता, चालक, यात्रुहरु सामु सचेतनाको काम लिएर फिल्डमा उत्रिने श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठले दुर्घटनाहरु भौगोलिक, क्षेत्र र सवारी चापको कारण ठाउँ अनुसार फरक पर्ने बताउनुभयो । उहाँले भोजपुर भन्दा थप चुनौती रहेको उदयपुरलाई दुर्घटना न्युनिकरणका लागि प्रयास गर्ने बताउनुभयो ।
भोजपुर पूर्ण पहाडी जिल्ला रहेपनि उदयपुर भने आदि तराई र आदि पहाड रहेकाले यहाँ दुर्घटनाको केसहरु अत्यादिक रहने बताउनुभयो । उहाँले अझै यो मदन भण्डारी राजमार्गका कारण दुर्घटनाहरुले थप स्थान पाउने बताउनुभयो । सदरमुकामको रुपमा रहेको गाईघाट बजारमा मदन भण्डारी राजमार्ग र बढ्दो सवारी चापले पनि यहाँ सभाविक रुपले दुर्घटनाहरु बढ्ने उहाँको ठम्याई छ । तर यसका लागि ट्राफिक प्रहरीको पहल पूर्ण रुपमा रहने उहाँले बताउनुभयो ।
उहाँले दुर्घटना न्युनिकरण लागि ट्राफिक प्रहरी मात्र प्रयाप्त नहुने बताउनुभयो । यसका लागि सरोकारवाला, जनता, सवारी चालक, यात्री सबैको भुमिका र सचेतनाको बिकास हुनु पर्ने उहाँको बुझाई छ ।
श्रेष्ठले मदन भण्डारीमा राखिएको रेलिङहरु अव्यवस्थीत र ट्राफिक नियम विपरित रहेको समेत बताउनुभयो । ठेकदार कम्पनी र स्थानीय सरकारहरुले जेब्रा क्रसिङका लागि ध्यान नदि रेलिङहरु निर्माण गर्दा जेब्रा क्रसिङ राख्नै समस्या परेको श्रेष्ठले बताउनुभयो । यसका लागि स्थानीय सरकार र ठेकेदार कम्पनीहरुलाई हामिले जानकारी गराई सकेको छौ, श्रेष्ठले भन्नुभयो । श्रेष्ठले असार १ गते बाट उदयपुरको जिल्ला ट्राफिक ईन्चार्जको रुपमा रहेर काम सुरु गर्नु भएको छ ।
