Friday, June 19News That Matters

हर्क साम्पाङको उद्घोष : मेयरलाई भनेर किनिएको स्कार्पियो बेचेर बाटो टाल्ने रोलर मेसिन किन्ने

पूर्णपुष्टि, असार २४
धरानका मेयर हर्क साम्पाङले मेयरको सुविधाका लागि किनिएको स्कार्पियो बेचेर सडकको खाल्डोहरु टाल्ने रोलर मेसिन किन्ने जनाएको छ । उनले आफ्नो आधिकारिक फेसबुक पेजमा उक्त कुरा उल्लेख गरेका छन् । मेयरको सुविधाको अधिकार भित्र पर्ने उक्त गाडीको पैसाबाट साम्पाङले धरानको खाल्डाखुल्डी टाल्ने मेसिन किन्न उल्लेख गरेका छन् । उनले यो कुरा कार्यापालिकाको बैठकले पनि ताली बजाएर अनुमोदन गरिसकेको जनाए । साम्पाङ अझैपनि आप्mनै व्यक्तिगत मोटर साईकल चढेर जनताको काम गरिरहेको छ ।
उनले फेसवुकमा यस्तो लेखेका छन्” मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटो भरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने बिचार छ मेरो आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ जय धरान