Saturday, April 25News That Matters

हलमा दर्शक भएन

पूर्णपुष्टि, माघ ७

लक डाउनका कारण लामो समय सम्म बन्द हल अहिले खुली सकेको छ । करिब ९ महिना पछि खुलेको हलमा दर्शक भने शुन्य अवस्था छ । कोरोनाका कारण तहस नहस भएको फिल्म क्षेत्रहरु अहिले तत्काल योजना बिहिन बनेका छन् । हलमा राम्रो र नयाँ फिल्महरु पनि प्रदर्शन गर्न सकिरहेका छैन्न ।

हलमा नयाँ फिल्महरु प्रदर्शन गर्न सकेमा दर्शकहरुले हल भरिभराउ हुने चलचित्र संघ तथा चलचित्रकर्मिहरुको भनाई छ । पुरानो फिल्म भएर होला दर्शक नआएको फिल्मीकर्मिहरुको बुझाई छ । यता कोरोनाकहर यथावतनै रहेकाले नयाँ फिल्म रिलिज हुँदा पनि दर्शक हलमा नदेखिएपछि अब नयाँ फिल्म कसले दिने ? भन्ने प्रश्न फिल्मकर्मीमाझ खडा भएको छ । दर्शक अब कसरी फर्काउने भन्ने चिन्ताले फिल्म प्रदर्शक, निर्माता, वितरक, कलाकारलगायत सबैलाई सताएको छ ।

चलचित्र बिकासबोर्डका अध्यक्ष दयाराम दाहालले नयाँ फिल्म हलमा प्रदर्शन नभएसम्म दर्शकहरु हल उपस्थित नहने बताएका छन् ।

उनले नयाँ फिल्महरु विस्तार रुपमा प्रदर्शन हुने बताउँदै नयाँ फिल्म दिन बोर्डको काम नभएको दाहालले बताए । बोर्डले हल सुरक्षित छ भनेर बाहिर सहज गराउने हो त्यो सबै ठाउँमा सूचना गरेको, सञ्चार माध्यमबाट प्रचारलगायत सबै गरेका छौँ, दाहालले भने ।

अन्य फिल्मी निकायहरुले भने दर्शकलाई हल सम्म ल्याउन कुनै निति नअनाएको पाइन्छ । सबै सुरक्षाको मापदण्ड अनुरुप दर्शकलाई हलमा सेवा दिन नसक्ने भन्दै यसका लागि कुनै पहल नभएको चलचित्रकर्मीहरुको भनाई छ ।