Friday, May 22News That Matters

हवाई इन्धनको मूल्यसँगै भाडा पनि घट्यो

पूर्णपुष्टि,असार ६ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । मंलवार निगमलृ विज्ञाप्ती जारी गर्दै आन्तरिक र बाह्य हवाई इन्धनको भाउ घटेको जानकारी दिएको हो।

निगमका अनुसार हवाई इन्धन आन्तरिकमा प्रतिलिटर १० रूपैयाँ घटाइएको छ । योसँगै अब हवाई इन्धन आन्तरिक अब प्रतिलिटर १५० रूपैयाँ पर्नेछ। त्यस्तै हवाई इन्धन बाह्यमा प्रतिकिलोलिटर २ सय डलर (प्रतिलिटर करिब २६ रूपैयाँ) घटाइएको हो । हवाई इन्धन बाह्य अब प्रतिकिलोलिटर १ हजार १५० डलर (प्रतिलिटर करिब १५१ रूपैयाँ) पर्नेछ।

निगमले निर्धारण गरेको नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ जनाएको छ । हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबारदेखि नै लागू हुने गरी आन्तरिक उडानतर्फको भाडादर घटाउने बताएको छ ।

कुन गन्तव्यको भाडादर कति कम हुने भन्नेबारे प्राधिकरणले सार्वजनिक गरिसकेको छैन।