Tuesday, April 21News That Matters

हाईड्रोको ड्याममा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

पूर्णपुष्टि, माघ २०

ईलाम नगरपालिका ८ माईबेनी हाईड्रोपावरको ड्याममा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । सोमवार दिउँसो साँढे १ बजेको समयमा उक्त हाईड्रोमा काम गर्ने कामदारहरु माईजोगमाई गाउँपालिका ५ सोयाङका २० बर्षीय शेखर ढकाल र निजकै भाई १८ बर्षीय प्रबिण ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय ईलामले स्थलमा थप अनुसन्धान गरिरहेको इलाम प्रहरीले जनाएको छ ।