Sunday, June 28News That Matters

हाईस र मोटरसाईकल एकआपसमा ठोक्किदाँ २ जनाको मृत्यु

पूर्णपुष्टि ,फागुन २३

मोरङ सुन्दरहरैचा नगरपालिका–७ गोठगाऊ स्थित पुर्व–पश्चिम राजमार्गमा हाईस र मोटरसाईकल एकआपसमा ठक्कर ठोक्किदाँ मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । बेलबारी–११ बस्ने २१ बर्षीय अर्जुन न्यौपाने र सोही स्थान बस्ने २१ बर्षीय मनोज कटुवालको दुर्घटनामा मृत्यु भएको हो ।

बा ४ ख ६९६ नम्बरको हाइस गाडी र बिपरित दिशाबाट आउदै गरेको प्र २–०२–००१ प ३८७८ नम्बरको मोटरसाईकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जना गम्भिर घाईते भएका थिए । घाईते दुवैको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको थियो । सो दुर्घटनामा हाईस चालक काठमाण्डौ बस्ने गणेश थापा  र सह–चालक बेलबारी बस्ने उत्सब गिरी समेत घाईते भई बिराट अस्पताल विराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

दुर्घटना भएका दुवै सवारी साधन नियन्त्रणमा रहेको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।