Friday, May 8News That Matters

हात्ती धपाउन राखेको करेन्ट लागेर २ जनाको मृत्यु

झापा, कात्तिक १७ गते । 

झापाको नवज्योति सामुदायिक वन भित्र हात्ति धपाउन राखिएको करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बुद्ध शान्ति गाउँपालिका–४ को सामुदायिक वन भित्र रहेको पानीको खोल्सामा हात्ती धपाउनका लागि राखेको बिजुलीको तारबाट करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो ।

स्थानीय १८ वर्षीय अभिनाश राई र भोजपुरको साल्पासिलिछोङ गाउँपालिका–५ घर भई हाल बुद्ध शान्ति गाउँपालिका–४ को पेरिस राईको घरमा पाहुना आएका ३८ वर्षीय मणिराम राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयबासीले प्रहरीलाई घटनाको जानकारी गराएपछि तत्काल प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।