Thursday, June 4News That Matters

हात्तीको आक्रमणबाट मर्निङ वाकमा निस्किएका एक जनाको मृत्यु

काठमाण्डौँ, चैत २६

इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको मृत्यु भएको हो ।

बिहान मर्निङ वाकमा निस्कनुभएका उहाँलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो । बिहानै हात्तीले आक्रमण गरेपछि उपचारका लागि उहाँलाई झापाको दमकस्थित एड्भान्स अस्पताल भर्ना गरिएको थियो । उहाँको उपचारकै क्रममा अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जङ्गाबहादुर थापाले बताउनुभयो । (रासस)