Wednesday, July 1News That Matters

हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

बैशाख ३ 

सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट हनुमाननगर कङ्कालिनी–१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएकोे हो ।

कोशी ब्यारेकको गोलघर छेउमा काटेर राखेको गहुँ बाली रुङ्न गएका नारायणलाई आज बिहान हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी पाएपछि घटनास्थलमा आरक्षका रेञ्जर जयराम न्यौपाने तथा प्रहरी टोली जनाएको छ ।

शव परीक्षणका लागि राजविराजको गजेन्द्रनारायण सिंह अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।