
पूणर्पुष्टि, जेष्ठ, २३
उदयपुरमा कोरोना संक्रमण व्यक्तिहरु सबै डिस्चार्ज भइ घर फर्किसकेको छ ।
उदयपुरबाट संक्रमित भइ अस्पतालमा उपचार गराइरहेको सबै संक्रमितहरु बिहिबार सम्म फर्किसकेका छन् ।
केहि संक्रमितहरु पटकपटक गरी पहिले नै फर्कि सकेका र १ संञ्चारकर्मि सहित अरु ३ जना भने उपचारको क्रममा बाँकि रहेका ४ जना पनि हिजो मात्रै बिराटगर बाट फर्किसकेका छन् ।
सबै संक्रमितहरु डिस्चार्ज भएपछि उदयपुरमा ४८ दिन पछि कोरोना शुुन्य अवस्थामा झरेको छ । उदयपुरको भुल्केमा एकै पटक नेपालकै ठुलो संख्या र १ नं प्रदेशको पहिलो संक्रमित जिल्लाको रुपमा उदयपुर रहेको थियो ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केका मस्जिद बाट एकै चोटी १२ जना संक्रमित फेला परेपछि उदयपुर पहिलो पटक नेपालकै इपिसेन्टरको रुपमा रह्यो ।
पछि थप हुदै अन्यमा पनि संक्रमण पुष्टि भयो । उदयपुरबाट ३३ जना संक्रमितहरु हस्पिटलमा उपचारमा थिए । उनिहरु बिहिबार मात्रै डिस्चार्ज भई फर्किसकेका छन् ।
भुल्के स्थित पटकपटक परिक्षण गरी संकास्पद व्यक्तिहरुलाई क्वारेन्टाइन आइसोलेसन र परिक्षणको कामलाई तिव्र बनाइएको जनस्वास्थ्य कार्यलय उदयपुरले जनाएको छ ।
जनस्वास्थ्य कार्यलय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार पछिल्लो समय भुल्के स्थित सिल्ड गरिएका सबै स्थानीयहरुमा परिक्षणको दायरा बढाईएको थियो । उनिहरुको सबैको रिपोर्ट नेगेटिभ आयो ।
भुल्के लगाएत अन्य सुरक्षाकर्मी, संञ्चारकर्मी, स्वास्थ्यकर्मी र सम्बन्धित अग्रपंतिमा रहेर काम गर्ने व्यक्तिहरु सबैको पिसिआर गराइएको थियो । त्यस मध्य बाट ३३ जना उदयपुरबाट संक्रमित फेला पर्यो ।
उदयपुरका अन्य क्षेत्र चौदण्डी, कटारी, बेलकामा रहेका मस्जिदहरुमा पनि परिक्षण गरिएको थियो ।
केहि समय अघि मात्रै शिल्ड गरिएको भुल्केलाई पनि सहज बनाइएको छ । सबै स्थानीयरुको परिक्षण गरी संकास्पद र बाहिर बाट आएकाहरुलाई आइसोलेसन र क्वारेन्टाइनमा राखिएको थियो ।
उदयपुरमा पहिलो पटक बैशाख ५ गते १२ जनामा संक्रमण फेला परेपछि कोरोनाको उच्च जोखिम मोलेर हाल शुन्य अवस्थामा झरेको छ ।
