
बैशाख ६
सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको जनाएको छ । जेठ १५ गते बजेट ल्याउने र त्यसअघि नै सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने भएकाले हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको हो ।
सरकारको हिउँदे अधिवेशन फागुन २३ देखि सुरु भएको थियो ।
सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
