Thursday, June 18News That Matters

हिम पहिरोमा बेपत्ता भएका ३ जना यार्सा संकलकको शव फेला

पूर्णपुष्टि, जेष्ठ २४ । मुगुको पाटनमा हिमपहिरोमा परी बेपत्ता भएका ३ जना यार्सा संकललको शव फेला परेको छ । गत वैशाख २२ गते मुगुको मुगुम कार्मारोङ गाउँपालिका–२ च्यार्खु लेखमा हिमपहिरमा परी बेपत्ता भएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फि गाउँका ४० वर्षीय तारासिंह सार्की, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय वीर बोहोराको शव सोमबार फेला परेको हो ।

यार्सा टिप्न गएका तल्फि गाउँका १५ जनामध्ये तिन जना हिमपहिरोमा परी बेपत्ता भएकाको ३२ दिनपछि शव फेला परेको मुगुस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) महेश बस्नेतले जानकारी दिए। उनका अनुसार लगातारको हिमपातका कारण बाक्लो हिउँ जमेकाले बेपत्ता भएकाको खोजी कार्यमा समस्या भएको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोलीसहित हेलिकप्टरबाट दुई हप्ता खोजीकार्य गर्दा बेपत्ताको शव फेला परेको डिएसपी बस्नेतले बताए । बेपत्ता भएकाको तीनै जनाको शव घटनास्थल भन्दा दुई किलोमिटर तल ल्याएको र जिल्ला अस्पताल मुगुबाट चिकित्सकको टोली शव परिक्षणको लागी शव राखिएको स्थानमा पुगेको प्रहरीले बताए । शव परिक्षणपछि आफन्तलाई बुझाएको प्रहरीले जनाएको छ ।