
पूर्णपुष्टि, बैशाख ९ गते ।
राती आएको हावा हुरीले त्रियुगा नगरपालिका–६ निबासी कृष्णप्रसाद ढुङ्गानाको घरको छाना उडाएको छ ।
राती करिब ११ बजे आएको हुरीले दुई तले घरको छाना उडाउदा करिब ८० हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।
राती पानी सँगै आएको हावा हुरीले जिल्लाका विभिन्न ठाउँमा क्षती पु¥याएको छ । त्यस्तै फल लाग्दै गरेको आँपा समेत क्षती पु¥याएको स्थानीयहरुले बताएका छन् ।
