Saturday, June 20News That Matters

हुरेण्डेक उदयपुरको आयोजनामा स्वास्थ्य सामग्री हस्तान्तरण

पूर्णपुष्टि, जेष्ठ २० 

कोरोन भाइरस कोभिड–१९ को दोस्रो चरणको संक्रमलाई रोकथाम तथा नियन्त्रण गर्नका निम्ती विभिन्न निकायलाई आधारभुत पि.पि.ई.स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । हुरेण्डेक उदयपुरको आयोजना, वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र वल्र्ड नेवर्स नेपालको सहयोगमा उदयपुर जिल्लाको स्थानिय तह, स्वास्थ्य केन्द्र र अग्रपंतीमा रहेर काम गर्ने  कार्यलयहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण गरिएका सामाग्रीहरु १२ थान अक्सिजन सिलिण्डर, २०० वटा एन्टीजिन किट, १६ वटा अक्सिमिटर, ३५० प्याकेट सर्जिकल माक्स, २३० (१०० एमएल) सेनिटाईजर, ३ वटा जार (५ लिटर), ९५ वटा लिकुइड ह्याण्ड वास् र १२ प्योकट सर्जिकल ग्लोब्स् रहेको  हुरेण्डेक उदपुरको अध्यक्ष शंकर बहादुर थापाले जानकारी दिनुभयो ।

रौतामाई गाउपालिका– लाई ३ थान अक्सिजन सिलिण्डर, ५० वटा एन्टीजिन किट, ४ वटा अक्सिमिटर, ५० प्याकेट सर्जिकल माक्स, ३० (१०० एमएल) सेनिटाईजर, १ वटा जार सेनिटाइजर (५ लिटर), १० वटा लिकुइड ह्याण्ड वास्, त्रियुगा नगरपालिका अन्तर्गत खाँवु स्वास्थ्य चौकिमा रहेको आईसोलेसन वार्डलाई– ३ थान अक्सिजन सिलिण्डर, ५० वटा एन्टीजिन किट, ४ वटा अक्सिमिटर, ५० प्याकेट सर्जिकल माक्स, २० (१०० एमएल) सेनिटाईजर, १५ वटा लिकुइड ह्याण्ड वास र २ थान सर्जिकल ग्लाब्स् हस्तान्तरण गरिएको छ ।

त्यसैगरी बेलका नगरपालिकालाई ३ थान अक्सिजन सिलिण्डर, ५० वटा एन्टीजिन किट, ४ वटा अक्सिमिटर, ५० प्याकेट सर्जिकल माक्स, २५ (१०० एमएल) सेनिटाईजर, १ वटा जार (५ लिटर) र १ थान सर्जिकल ग्लाब्स्, कटारी नगरपालिकामा ३ थान अक्सिजन सिलिण्डर, ५० वटा एन्टीजिन किट, ४ वटा अक्सिमिटर, ३० प्याकेट सर्जिकल माक्स, १० (१०० एमएल) सेनिटाईजर,१० वटा लिकुइड ह्याण्ड वास र १ थान सर्जिकल ग्लोब्स् वितरण गरिएको छ ।

त्यस्तै पत्रकार महासंघ उदयपुरलाई २५ प्याकेट सर्जिकल माक्स, २५ (१०० एमएल) सेनिटाईजर,१ वटा जार सेनिटाइजर (५ लिटर), ५ वटा लिकुइड ह्याण्ड वास र १ थान सर्जिकल ग्लोब्स्, ट्राफिक प्रहरी गाईघाटलाई १२ प्याकेट सर्जिकल माक्स, १२ (१०० एमएल) सेनिटाईज, ३ वटा लिकुइड ह्याण्ड वास र १ थान सर्जिकल ग्लोब्स्, जाँते स्वास्थ चौकिलाई १५ प्याकेट सर्जिकल माक्स, १० (१०० एमएल) सेनिटाईजर, ५ वटा लिकुइड ह्याण्ड वास र १ थान सर्जिकल ग्लोब्स् प्रदान गरिएको छ ।

नगर प्रहरी गाईघाटलाई १६ प्याकेट सर्जिकल माक्स, १६ (१०० एमएल) सेनिटाईजर, ३ वटा लिकुइड ह्याण्ड वास र १ थान सर्जिकल ग्लोब्स्, कटारी प्रहरी (जनपथ) लाई १५ प्याकेट सर्जिकल माक्स, १५ (१०० एमएल) सेनिटाईजर र ३ वटा लिकुइड ह्याण्ड वास, शसस्त्र प्रहरीलाई १५ प्याकेट सर्जिकल माक्स, ६ (१०० एमएल) सेनिटाईजर र १ वटा लिकुइड ह्याण्ड वास साथै नेपालटार प्रहरी पोष्टलाई १ प्याकेट सर्जिकल माक्स, ४ (१०० एमएल)सेनिटाईजर हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण गरिएको सामग्रीहरु मध्ये अक्सिजन सिलिण्डर, एन्टीजिन किट, अक्सिमिटर वल्र्ड नेवर्स को सहयोग र सर्जिकल माक्स, (१०० एमएल) सेनिटाईजर, सेनिटाईजर जार (५ लिटर), लिकुइड ह्याण्ड वास् र सर्जिकल ग्लोब्स् सामग्री वल्र्ड भिजन ईन्टरनेशनल नेपाल को सहयोगमा हुरेण्डेक उदयपुरको सचिव अनिल थापा, सदस्य तथा पत्रकार महासंघ उदपुरको अध्यक्ष भरत खड्का साथै परियोजनाको कर्मचारी सचिन पोखरेल र विनु सुवेदिले हस्तानतरण गर्नुभएको थियो ।