Monday, June 22News That Matters

हेटौँडाकी एक जना गर्भवतीले कोरोना जितिन

पूणर्पुष्टि, जेष्ठ, १८

हेटौँडाकी एक गर्भवती महिला कोरोना बाट मुक्त भएकिछिन् । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत हेटौंडाकी संक्रमित गर्भवती महिला कोरोनामुक्त भएकी हुन् । उनिलाई लगतार २ पटक परिक्षण गर्दा पनि नेगेटिभ देखाएपछि संक्रमण बाट मुक्त भएको हस्पिटलले जनाएको छ । जेठ १४ मा हेटौंडामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएपछि उनी सोही दिन भरतपुर अस्पताल आएकी थिइन् ।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार लगातार दुई पटक नेगेटिभ नतिजा आएपछि संक्रमण नभएको ठहर गर्दै डिस्चार्ज गरिएको बताए । उनले भने नमुना लिएको दिनदेखि गणना गरेर हामीले हप्तादिन पुगेका आधारमा शुक्रबार पहिलो पटक नमुना लिएर परीक्षण गरेका थियौं, त्यसमा नेगेटिभ नतिजा आयो । फेरि शनिबार पनि नमुना संकलन गरेर र्हेयौं, त्यसमा पनि नेगेटिभ नतिजा आयो,’

चितवनमै डेरामा बस्दै आएकी ती महिला जेठ ९ गते हेटौंडास्थित घर गएकी थिइन् । संक्रमण भेटिएपछि उनको सम्पर्कमा रहेका चितवनका व्यक्तिको पनि परीक्षण गरिएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार उनी बस्ने घरका तीन र छिमेकी एक जनाको पीसीआर परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको थियो । सुरुमा नमुना लिएको एक सातापछि गरिएका दुवै परीक्षणमा नेगेटिभ देखिएपछि ती महिला अस्पताल आएको पाँचौं दिनमै डिस्चार्ज हुन लागेकी हुन् ।