
काठमाण्डौँ, चैत १०
हेटौँडा उपमहानगरपालिका–१९ मा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । चालक राक्सिराङ गाउँपालिका–८ बस्ने २८ वर्षीय सागर स्याङ्तानको मृत्यु भएको हो ।
बिहान २ बजे भुन्द्रुङबाट बस्तीपुर हाईवेतर्फ आउँदै गरेको ना६त १८४५ नम्बरको खाली ट्र्याक्टर राप्तिखोलास्थित काठको पुलबाट पार गर्ने क्रममा अचाक पुल भाचिँदा दुर्घटना भएको हो । उनको शव पानीमुनि ट्र्याक्टरले चापिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो । (रासस)
