Saturday, January 31News That Matters

हेटौंडामा ८ किलो सुनसहित दुई भारतीय पक्राउ

पूर्णपुष्टि, असोज १९ । हेटौंडामा आज बिहान ठूलो परिमाणमा अवैध सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट ११ करोड भन्दा बढी मूल्य बराबरको सुन बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा शनिबार बिहान ३ बजे हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टमा गरिएको जाँचका क्रममा बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुन फेला परेको हो । उक्त सुनको बजार मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै भारतीय नागरिकहरू पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको अवस्थामा पक्राउ परेका थिए। थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।