Monday, June 22News That Matters

होम आईसोलेसनमा रहँदा अपनाउनु पर्ने यी १६ उपायहरु

पूणर्पुष्टि, बैशाख २७

यो समय हामि कोरोना माहामारीमा गुज्रिरहेका छौँ । नेपाल जस्तो गरिबि मुलुक सिस्टम नभएको मुलुक र दक्ष जनशक्ति र स्रोत साधनहरु समेत प्रसस्त नभएको अवस्थामा विश्वका ठुला अनि सबै थोकले भरिपूणर् भएको देशहरु कोरोना सँग हारिरहेका छन् ।

हामि कोरोना बाट बच्नु पर्ने छ । यदि हो भने कोरोनाको हाल सम्म पनि कुनै औषाधी छैन् । र सबैलाई खोप पनि परिपुर्ति भईसकेको अवस्था छैन् । औषधी छैन तर उपायहरु छ । कोरोनाको पहिलो औषधी भनेकै आफु सुरक्षित हुनुनै हो । यदि तपाई संक्रमित भएमा अवको पछिल्लो समय हस्पिटलहरु सबै भरिभराउ छ ।

सुरक्षित हुँदै गर्दा यदि तपाईलाई संक्रमण भईहालेमा अव तपाईलाई हस्पिटलको बेड, आईसोलेसन, आईसियु, भेन्डिलेटर जस्ता सुविधा सम्पन्न उपचार हस्पिटलले उपलब्ध गराउन सक्नु छाडेक छ । अब हामिले होम आईसोलेसन बाटै कोरोना संग लड्नु पर्ने छ । सक्दा हामिलाई हस्पिटल जानै नपरोस् हस्पिटल सम्मको अवस्था नआओस संत्रमितले घरमै सुरक्षित भई बस्न सक्दा पनि कोरोना बाट पार पाइन्छ । तर त्यसका लागि मापदण्ड अनुरुपको आईसोलेसन तयार गर्ने र यी १६ उपाय अपनाउन जरुरी छ ।

१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला। ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो। १०० पुग्यो भने पारासिटामोल खानुहोला। शरीर दुखेमा र टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ।

२. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला। यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला। यसलाई प्रोन पोजिसन भनिन्छ। पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला। यसले फोक्सोको क्षमता बढाउछ। यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ।

३. भिटामिन सी २ पटक, जिंक २ पटक, भिटामिन डी हप्ताको १ पटक खानुहोला। आबश्यकता अनुसार पारासिटामोल, कफ सिरप र ट्याब्लेट खान सकिन्छ।

४. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला। यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ। तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसंग जांच गराउनुहोला। छातीको एक्स रे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि (एन्टिभाइरल र एन्टिबायोटिक ) खानुपर्ने हुन्छ। कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ।

५. जांच नगरी घरमा अक्सिजन दिएर नबस्नुहोला। अक्सिजनले रोग निको गर्दैन। चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ। अक्सिजन उपचार हैन। धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ।

६. एक रातमै अवस्था क्रिटिकल हुनसक्छ। तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला। अस्पताल प्याक भएपनि त्यहाँ तपाइंले कुनै न कुनै उपचार पाउनुहुन्छ।

७. अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एबम स्वास्थ्य नष्ट नगर्नुहोला। प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन। यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ।

८. मरिच, बेसार,अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला।

९. घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनुहोला। यसपटकको प्रजाति निकै संक्रामक छ।

१०. घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला।

११. पानीको बाफ लिंदा आराम हुन्छ।

१२. रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ र कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला।

१३. हल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला।

१४. आफ्नो मानसिक अवस्थालाई सुदृढ एबम सबल राखुहोला। नआत्तिनुहोला।

१५. दिनमा १ र २ पटक मात्र समाचार हेर्नुहोला। सामाजिक संजाल नहेर्नुहोला। अनधिकृत समाचारले तनाव बढाउँछ।

१६. गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउनुहोला।

स्रोत स्वास्थ्य खबरपत्रिका
डा. रविन्द्र पाण्डे