Wednesday, June 24News That Matters

होली खेल्ने क्रममा कुटपिट हुँदा एकको ज्यान गयो, ६ घाइते

पूर्णपुष्टि,चैत १७

बारामा होली खेल्ने क्रममा कुटपिट हुँदा एक जनाको ज्यान गयो ६ जना घाइते भएको छन् । कलैया उपमहानगरपालिका–२३  भथौडामा ६५ वर्षीया संजा देवीको कुटपिटबाट ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय बारा र अस्थाई प्रहरी पोष्ट शिक्षाबाट खटिएको प्रहरीले गम्भीर घाइते संजा देवीलाई उपचारको लागि भवानी अस्पताल वीरगञ्ज पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । सोही घटनामा ६ जनालाई उपचारको लागि एनएमसि वीरगञ्ज पठाइएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

झै–झगडा तथा कुटपिटमा संलग्न सोही ठाउँ बस्ने २३ वर्षीय ओम प्रकाश गुप्ता समेत ४ जना र प्रहरी माथि हातपात गर्ने १ जना गरी ५ जनालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।