Sunday, June 7News That Matters

ह्यारी र मेगनले शाही उपाधि छोड्ने

माघ ५ गते । 

बेलायतीका राजकुमार ह्यारी र उनकी पत्नि मेगन मकेलले शाही उाधी छाड्ने भएको छ । ह्यारी र मेगनले शाही उपाधि (रोयल हाइनेस) छाडेपछि सार्वजनिक कोषको प्रयोग गर्न नपाउने भएको हो ।

अवको दिनमा केवल ‘ड्युक अफ् ससेक्स ह्यारी’ र ‘डचेस अफ् ससेक्स मेगन’ को रुपमा चिनिने छन् र हिजो ‘हिज रोयल हाइनेस’ र ’हर रोयल हाइनेस’ उपाधिको प्रयोग गर्न पाउने छैनन् ।

परम्पराका अनुसार महारानीले आफ्नो शाही परिवारभित्रको पुरुष सदस्यको विवाहको दिन एउटा पदवी दिन्छिन् । ‘ड्युक अफ् ससेक्स’का पदवी खाली थियो र बेलायतको शाही ताजको उत्तराधिकारीको क्रममा छैठौँ स्थानमा रहेका ह्यारी सम्भावित विकल्प हुने आशा थियो ।

महारानी एलिजावेथ द्वितीयले ‘हामीसँगै मिलेर मेरो नाति र उसको परिवारको लागि सिर्जनात्मक र सहयोगात्मक बाटो खोजिएको छ । ह्यारी, मेगन र अर्चि सधैँ मेरो परिवारको प्रिय सदस्य हुनेछन् ।’