Thursday, May 28News That Matters

१ नं. प्रदेश प्रहरीले नागरिकलाइ गरयाे यस्ताे अनुराेध

पूर्णपुष्टि, चैत्र ३० ।

१ नं. प्रहरी प्रदेशले आम नागरिकलाई घरमै सुरक्षित बसिदिन अनुरोध गरेको छ । बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस नेपालमा देखिसकेकोले घरमै बसेर सुरक्षित भइदिन प्रदेश प्रहरीले अनुरोध गरेको हो ।

अहिलेको लकडाउनको पूर्ण पालना गर्न अनुरोध गर्दै अतिआवश्यक काम बाहेकमा बाहिर नहिडिदिन अनुरोध गरेको छ । कोरोना भाईरसको संक्रमण भएको पत्तो लागेसंगै नेपाल सरकारले चैत्र ११ गते देखी चरणबद्धरुपमा लकडाउनको घोषणा गरेको हो । “कोरोना भाईरसको संक्रमणबाट जोगिन सबै जनालाई आ आफ्नो घर भित्रै बसेर लकडाउनको उल्लघंन नगरिदिनु हुन अनुरोध गरिन्छ ।” प्रदेश प्रहरीले भनेको छ ।

सानो लापरवाहीले ज्यान समेत जानसक्ने र परिवार, समुदाय प्रभावित हुने, संक्रमित भई, संक्रमण फैलने जोखिम रहेको हुँदा घर बाहिर जथाभावी ननिस्किदिनु अनुरोध गरिएको छ ।  प्रहरीले गरेको माईकिङ लगायतको अनुरोधलाई सहयोग गर्न र स्वास्थ्य स्वंय ब्यक्तिको सचेतनामा भर पर्ने कुरा भएकोले गाउँघर छिमेकमा कोही बिदेशबाट आएको ब्यक्ति भएमा नजिकको प्रहरी कार्यालय वा १०० मा खबर गर्नु हुन  अनुरोध गरिएको छ ।

प्रदेश प्रहरीले दिएको जानकारी अनुसार प्रदेशमा हालसम्म लकडाउनको समयमा उल्लघंन गरी सवारी साधन चलाउने ३ हजार ५ सय ६५ जनालाई नियन्त्रणमा लिईएको थियो भने ठुला साना गरी १ हजार ८ सय ३० वटा सवारी साधनलाई नियन्त्रणमा लिईएको छ ।

लकडाउनलाई थप कडाई गरिएको हुँदा अत्यावश्यक काम बाहेक र सवारी पास नलिएका महानुभावहरुलाई घरभित्रै बसी कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा सहयोग गरिदिन अनुरोध गरिएको छ ।

नेपाल सरकारले घोषणा गरेको लकडाउनलाई उलंघन गरी आफुखुशी आवत जावत गरेको पाईएमा कानून बमोजिम कारवाही समेत हुने सचेत गराइएको छ।  कोरोना भाईरसको संक्रमण रोक्न कुनै एक व्यक्ति वा परिवारको प्रयासबाट मात्र सम्भव हुदैन । सम्पुर्ण नागरिक एकजुट भएर आ आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने साथै त्रासमा बस्ने भन्दा सावधानी अपनाउन भनिएको छ ।