
पूर्णपुष्टि, असार २२
१ नम्बर प्रदेशका विभिन्न तीन जिल्लामा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । झापा, मोरङ र सुनसरीमा भएको सवारी दुर्घटनाबाट तीन जनाको मृत्यु भएको हो ।
हिजो बेलुका साढे ३ बजे ईटहरी–२ आपगाछी स्थित कोशी राजमार्गमा तरहराबाट ईटहरी तर्फ आउदै गरेको को १ क ३४४१ नम्बरको दुध बोक्ने गाडीले बाटो काट्दै गरेको स ५ प ७३०६ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक गम्भीर घाइते भएको थिए । चालक मोरङ सुन्दरहरैचा–५ का २९ वर्षीय नरेश यादबको सोही दिनको बेलुका सँवा ४ बजे धरान घोपामा उपचारको क्रममा मृत्यु भएको थियो । ठक्कर दिने गाडी र चालक बिराटनगर–१ बस्ने ४९ वर्षीय रमाकान्त चौधरी ईलाका प्रहरी कार्यालय ईटहरीको नियन्त्रणमा रहेको छ ।
त्यस्तै, मोरङको विराटनगर–५ भित्री सडक खण्डमा हिजो बेलुका ७ बजे पश्चिम तर्फ जादैँ गरेको को ३२ प ८८१० नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । उक्त दुर्घटनामा गम्भीर घाईते भएका स्कुटी चालक विराटनगर–१४ का ४० वर्षीय टिका मेचेको हिजो बेलुका पौने ८ बजे गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यसैगरी, हिजो बेलुका पौने ७ बजे झापा बुद्धशान्ती गाँउपालिका–४ जोगी डाँडा स्थित मेची रार्जमार्ग सडक खण्डमा दक्षिण तर्फ आउदै गरेको ना ३ च ४०३३ नम्बरको पिकअप र विपरित दिशा तर्फ जादै गरेको मे.९प ९२०३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाईते भएका मोटरसाईकल चालकको उपचारको क्रममा बि एन्ड सी अस्पताल पुर्याउन साथ मृत्यु भएको हो । पिकअप र चालक ईलाम सन्दकपुर–१ बस्ने ३६ वर्षीय बिरेन्द्र राई ईलाका प्रहरी कार्यालय बुधबारे झापाको नियन्त्रणमा रहेको छ ।
