Sunday, June 28News That Matters

१ लाख नगदसहित १३ जना जुवाडे पक्राउ

पूर्णपुष्टि, असोज ११

दाङमा जुवा खेलिरहेको अवस्थामा करिब एक लाख रुपैयाँ नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन् । तुल्सीपुर उप–महानगरपालिका–६ मा रहेको भ्यार थानबाट जुवा ९८ हजार ९ सय ५० रुपैयाँसहित १३ जुवाडेलाई पक्राउ परेका हुन् ।
जुवा खेलिरहेको भन्ने गोप्य सूचना पाएपछि गएको प्रहरी टोलीले तुल्सीपुर उप–महानगरपालिका–६ मा रहेको भ्यार थान बस्ने कुमार सुनारको घरबाट नगदसहित १३ जुवाडेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङले जनाएको छ ।

प्रहरीले जुवाको खालबाट ९८ हजार ९ सय ५० रुपैयाँसहित नखोलेको रातो तथा कालो रङ्गको तास ५ गड्डी र खोलेको रातो तथा कालो रङ्गको तास ३ गड्डी बरामद गरेको प्रहरीले जनाएको छ ।
तुल्सीपुर उप–महानगरपालिका–६ का रोशन बुढाथोकी, भरत वि.क, हेमन्त शाही, सुशिल वली, कुमार सुनार, ओमबहादुर बुढामगर, प्रेमबहादुर सुनार र टंकबहादुर सुनार, घोराही उ.म.न.पा–१३ का मालबहादुर वली, केशव डाँगी र अर्जुन पुन र बाँके कोहलपुर नगरपालिकाका धर्मराज बुढाथोकी र  दीपक वली पक्राउ परेको प्रहरीले जनाएको छ ।