Friday, May 15News That Matters

१० वर्षीया बालिका करणी गरेर भागेका बस्नेत भारतीय सिमावर्ती क्षेत्रबाट पक्राउ

पूर्णपुष्टि, पुष २०
१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर भागेका एक जना युवा पक्राउ परेका छन् । धनकुटा नगरपालिका–९ छिम्सुवाका २० वर्षीय सरोज भनिने गोपी बस्नेत मोरङ्गस्थित नेपाल–भारत सिमावर्ती क्षेत्रबाट पक्राउ परेका हुन् ।
करणी गरेका बस्नेत विरुद्ध पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि फरार उनी फरार भएका थिए । घटना गत असोज ९ गतेको थियो । घटना भएको तीन महिनापछि बस्तेत पक्राउ परेका हुन् । वालिका गोठालो गएका बेला बस्नेतले बालिकामाथि करणी गरेको आरोप छ । बालिकाले घटनाको बारेमा बताएपछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आफुविरुद्ध उजुरी परेपछि बस्नेत फरार भएका थिए ।
खोजतलास गर्ने क्रममा उनलाई मोरङ्गस्थित भारतीय सिमावर्ती क्षेत्रबाट पक्राउ गरिएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिनुभयो ।
प्रहरीले बस्नेतविरुद्ध जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरेको छ । जिल्ला अदालतबाट म्याद थप गरेर घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।