Tuesday, June 9News That Matters

१०७ के.जी. लागूऔषध चरेससहित १ पक्राउ

पूर्णपुष्टि, पौष २४

वीरगञ्जबाट लाूऔषध १ सय ७ किं.ग्रा.चरेस सहित मकवानपुरको थाहा नगरपालिका–११ का ३४ बर्षीय रविन तामाङलाई  बुधवार राति प्रहरीले पक्राउ गरेको छ । प्रदेश–२ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले तामाङलाई वीरगञ्ज–२१ स्थित परवानीपुर ड्राइपोर्ट सडक खण्डमा ना ६ ख ५६४३ नम्बरको कन्टेनर सहित पक्राउ गरेको हो ।

कन्टेनरको मालिक पनि तामाङ नै भएकोले नियमित रुपमा चरेस लगायत विभिन्न लागूऔषध भारततर्फ ओसारपसार गरिरहेको हुनसक्ने आशंका प्रहरीको रहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको अनुसार तामाङ विरुद्ध जिल्ला अदालत पर्सामा लागूऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको छ ।