Monday, May 11News That Matters

११ देशको सवै कोरोना संक्रमित निको भए

पूर्णपुष्टि, जेठ १ गते । 

कोरोनाको संक्रमण फैलिएको १ सय १३ देशमध्ये ११ देशमा सबै कोरोना संक्रमित निको भएका छन् । उक्त देशमा कोरोना संक्रणमबाट कसैको पनि मृत्यु भएको छैन । अहिले यि देश ग्रीन जोनमा रहेको छ ।

फेरो आइल्याण्ड्समा १ सय ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । न्यू क्यालिडोनिया र सेन्ट लुसियामा १८/१८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा सबैजना निको भएर घर फर्किएका छन् ।

फल्कल्याण्ड आइल्याण्ड्समा १३ जना, ग्रीनल्याण्डका ११ जना, पपुवा न्यूगिनी, क्यारिबियन नेदरल्याण्ड्सका ६, सेन्ट बार्थका ६, वेस्टर्न सहाराका ६, अङगिलाका ३, सेन्ट पिएरे मिकेलनका १ जना पनि निको भएर घर फर्किएका छन् ।