Saturday, June 20News That Matters

१२ किलो गाँजासहित तीन पक्राउ

पूर्णपुष्टि, जेष्ठ २३

१२ किलो गाँजासहित मकवापुर प्रहरीले तीन जना युवालाई पक्राउ गरेको छ । मकवानपुर कैलाश गाँउपालिका–७ का ४७ वर्षीय हिराबहादुर मोक्तान, २४ वर्षीय रामकुमार मोक्तान र २४ वर्षीय ठाकुर सुनारलाई पक्राउ गरेको हो ।

काक्सिराङ गाँउपालिका–५ मा पैदल हिँडिरहेका उनीहरुको झोला चेकचाँज गर्दा १२ किलो ३ सय ग्राम गाँजा बरामद भएको हो । प्रहरी चौकी चैनपुरबाट खटिएको टोलीले शनिबार दिउँसो उनीहरूलाई पक्राउ गरेको  थियो ।

पक्राउ परेकालाई हिरासतमा लिएर आवश्यक कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।