Thursday, May 21News That Matters

१२ लाख ९९ हजार भन्दा बढी उपचारपछि निको भए

पूर्णपुष्टि, बैशाख २५ गते । 

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित भएकामध्ये १२ लाख ९९ सय हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।

विश्वको दुई सय १२ वटा देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा ३८ लाख १८ हजार सात सय ९१ ज्ना संक्रमितमध्ये १२ लाख ९९ हजार पाँच सय तीन जना उपचारपछि निको भएका हुन् ।  संक्रमित मध्ये अहिलसम्म दुई लाख ६४ हजार आठ सय जनाको मृत्यु भईसकेको छ ।

अमेरिकामा मात्रै १२ लाख ६३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । उक्त संख्यामध्ये दुई लाख १२ हजार नौ सयभन्दा धेरै उपचारपछि निको भएका छन् भने ७४ हजार सात सयभन्दा बढीको मृत्यु भएकोे छ ।

स्पेनमा एक लाख ५९ हजार तीन सयभन्दा बढी, ईटालीमा ९३ हजार दुई सयभन्दा बढी, फ्रान्समा ५३ हजार नौ सयभन्दा बढी, जर्मनीमा एक लाख ३७ हजार ६ सयभन्दा बढी, टर्कीमा ७८ हजार दुई सयभन्दा बढी, ब्राजिलमा ५१ ह्जार तीन सयभन्दा बढी, भारतमा १५ हजार भन्दा बढी कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।

भारतमा ५० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने एक हजार सात सयभन्दा बढीको मृत्यु भईसकेको छ ।