Monday, June 22News That Matters

१२ वर्षीय बालक झुण्डिएको अवस्थामा फेला

पूर्णपुष्टि,वैशाख १०

मामाको घरमा बस्दै आएका १२ वर्षीय एक बालक आज बिहान झुण्डिएको अवस्थामा फेला परेको छ । दाङ दंगिशरण गाउँपालिका–२ घर भई विगत पाँच वर्षदेखि तुलसीपुर उपमहानगरपालिका–१३ गिधनियास्थित मामाको घरमा बस्दै आएका विपिन चौधरी झुण्डिएको अवस्थामा फेला परेको हो ।

मामाको घर नजिकै बाख्राको लागि  घाँस टंगाउन बनाइएको बलोमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा बालक फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घटनाबारे प्रहरीलाई आज बिहान ६ बजे खबर प्राप्त भएको र त्यसपछि इप्रकाबाट प्रहरी घटना स्थल पुगेका थिए । घटनास्थल पुगेका प्रहरीकाअनुसार विपिन विगत पाँच वर्षदेखि मामाको घरमा बस्दै आएका थिए।, उनी स्थानीय सरकारी विद्यालयमा पढ्दै आएका थिए ।

बिहान ६ बजे नै झुण्डिएको अवस्थामा फेला परेको हुँदा उनको मृत्यु राति नै भएको हुनसक्ने  आशंका प्रहरीले गरेको छ ।

घटनाबारे थप अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।