Saturday, June 6News That Matters

१३ नं वडाका कृषकहरुलाई २ दिन तरकारी खेती तालिम

गाईघाट/चैत्र, ६

त्रियुगा नगरपालिका वडा नं १३ ले कृषि विकास प्रवद्र्धन कार्यक्रम अन्तर्गत वडाका कृषकहरुलाई २ दिने तरकारी खेती तालिम बिहिबार देखि वडामा सुरु गराएको छ । १३ नं वडामा तरकारी खेतीको लागि राम्रो स्थान रहेको र अर्गानीक, स्वास्थ्य रसायनयुक्त तरकारीबाट कृषकहरुलाई आत्मानिर्भरमुखी बनाउने हिसाबले तरकारी खेती तालिमको आयोजना गरिएको हो ।

तालिमको उद्घाटन कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीले यो तालिम आयोजना निकै फलदायीमुखी रहेको बताउनु भएको छ । कृषकहरुले गर्न खोज्दा खोज्दै पनि नजानेर गरेको खेतीले कृषकहरु सफल हुन नसकेको उहाँले बताउनुभयो ।

यस तालिममले कृषकहरुलाई पूर्ण प्राविधिक जानकारीका साथ सफल बनाउने उहाँले बताउनुभयो । चौधरीले हामि नेपालीहरु आधुनिक र परम्परागत कृषि गर्नाले असफल भएको बताउनुभयो । उहाँले चाइनाको कृषकहरुको उदाहरण दिदै थोरै पानी बाट पनि धरै उत्पादन गर्न सकिने बताउनुभयो ।

हामी नेपालीहरु धेरै पानीमा मात्र खेती उब्जाउ गर्न खोज्ने कृषकहरु चाइनामा १ थोपा थोपा पानी बाटै धेरै उत्पादन गर्न सक्ने कुरा बताउनुभयो । हामीमा केही ज्ञानको कम्जोरीले पनि यस्तो समस्या आएको बताउनुभयो । १ ट्याङकी पानीलाई लगतार थोपा थोपा पानीको व्यवस्था गर्दा पनि राम्रो उत्पादन दिन सक्ने बताउनुभयो ।

चौधरीले हाम्रो गाईघाटमा १५ प्रतिशत मात्र तरकारी उत्पादन भएको बताउनुभयो । बाँकी बाहिर बाटै आउने भन्दै जति सक्दो उत्पादनमा जोड गर्न कृषकहरुलाई अनुरोध गर्नुभयो । उहाँले बजारमा तरकारी नबिक्ने हो की भन्ने चिन्ता नलिन पनि कृषकहरुलाई सुझाब दिनुभयो ।

यस्तै १३ नं वडाकी वडा अध्यक्ष पशुपति चौधरीले वडामा यो बर्षको कृषि कार्यक्रमहरु फरक किसमको रहेको बताउनुभयो । हरेक टोल विकास बाट तालिममा सहभागी गराइ तालिममा सिकेको कुराहरुलाई अनिवार्य रुपमा पालना गराउने तर्फ वडाले कदम चालेको पनि उहाँले बताउनुभयो । उहाँले आफ्नो वरपर घर भान्सा बाट निस्केको मललाई कृषिमा प्रयोग गर्ने र अर्गानिक तरकारी खेती गर्दै उदाहरणीय कृषकको परिचय दिन समेत कृषकहरुलाइ अनुरोध गर्नुभयो ।

यस्तै गरी तालिममा कृषकहरुलाई तरकारी लागउने प्रविधी, मौसम अनुसारको तरकारी, अर्गानीक तरकारी खेती र नयाँ प्रविधिहरुको जानकार सहित तालिम सिकाउने प्रशिक्षक तथा त्रियुगा नगरपालिका कृषि प्राविधिक मिन बहादुर थापाले बताउनुुभयो ।   तालिमले कृषि र कृषकहरुको प्रयास र सफलमा आमुल परिवर्तन गराउने उदेश्यको साथ प्रशिक्षण गराउने पनि  बताउनुभयो ।

यस्तै अर्का प्रशिक्षक सिताराम चौधरीले अहिले कृषकहरुले गरिरहेको तरकारी खेतीमा खेती सम्बन्धि राम्रो जााकार प्राप्त नहुदा आत्मानिर्भरमुखी तरकारी खेती नभएको बताउनुभयो । उहाँले केही अगुवा कृषकहरु भएता पनि उहाँहरुले पनि अनुभवकै आधारमा मात्र खेती अगाडी बढाएको बताउनुभयो ।

उहाँले तालिमले बिषेश गरी आर्गानिक खेती तर्फ कृषकहरुलाई कम्पोष्ट मल बनाउने समय अनुसारको खेती र आत्मानिर्भरमुखी खेतीको लागि प्रोत्सान र सिकाईको आधारमा खेती गर्ने किसिमले तालिम गराउने बताउनुभयो ।