
पूर्णपुष्टि, असार ८ ।
त्रियुगा नगरपालिका वडा नं १३ का महिलाहरुलाइ २ दिने महिला क्षमता बिद्धि तालिम सोमबार देखि सुरु गरिएको छ । वडाले बिषेश गरी महिलाहरुलाई सक्षम बनाउने उदेश्यले वडा भित्रका लिडरसिप महिलाहरुलई क्षमता बिद्धि तालिम गराइएको १३ नं वडाकी अध्यक्ष पशुपति चौधरीले बताउनुभयो ।
वडाले महिला क्षमता बिद्धि वडाको कार्यक्रम अन्तर्गत महिलाहरुलाई तालिम गराइएको अध्यक्ष चौधरीले बताउनुभयो । वडाले बिगतका दिनहरु देखिनै महिलाहरु सम्बन्धि थुप्र्रै कार्यक्रमहरु गर्दै आएको चौधरीले बताउनुभयो । महिला तथा बालबालिका बिषेश कार्यक्रमहरुलाई पहिले देखिनै महत्वका दिदै मध्यनजरका साथ कार्यक्रमहरु गर्दै आएका छन् ।
कोरोना भाइरसको महामारीमा पनि महिला क्षमता बृद्धि अन्तर्गतका बजेटलाई भने सुरक्षित गरी तालिमलाई प्राथामिकता दिइएको चौधरीले बताउनुभयो । वडाले कोरोना भाइरसको आपतकालिन माहामारीमा पनि अन्य खर्चहरु बाट ७ लाख बराबरको राहत वितरण गरेको भएपनि महिला बिषेश कार्यक्रमको भने कुनै पनि बजेट खर्च नगरेको बताउनुभयो ।

चौधरीले महिलाहरु हरेक क्षेत्रमा प्रतिभावान क्षमता भएपनि महिला भएकै कारण अवसरहरु गुमाउनु पर्ने बताउनुभयो । सुखि नेपाल र समृद्ध नेपालको परिकल्पनालाई सफल बनाउने हो भने पहिले महिलाहरुलाई सक्षम बनाउनु पर्ने चौधरीले बताउनुभयो ।
वडाले पहिलो पटकको २ दिने तालिममा ४० जना वडाका लिडरसिप महिला र दोस्रो पटको २ दिने तालिममा ५४ जना टोल विकास संस्थाका महिलाहरुलाई तालिम दिने १३ नं वडाकी वडा सचिब भिमा राइले बताउनुभयो ।
तालिमको सहजीकरण जिल्ला प्रहरी कार्यलय उदयपुरकी महिला तथा जेष्ठ नागरिक सेलका प्रमुख प्रहरी साहयक निरिक्षक उमा गुरुङ, महिला नागरिकर्मी तथा सामाजिक अभियान्ता महेश्वरी राई लगाएतले गर्नुभएको छ ।
