
पूर्णपुष्टि, चैत्र ९
१३ नं वडाको अयोजनामा वडा भरिका १८ ओटै टोल विकास संस्थाका पदाधिकारीहरुलाई लेखा तथा क्षमता बिकासबारे ३ दिने तालिम सोमबार देखि सुरु गरिएको छ ।
ं महिला जनप्रतिनिधि रहेको १३ न वडामा टोल विकास संस्थामा पनि महिलाहरुकै बढी नेतृत्व रहेको छ । आफ्नो गाउँ ठाउँको विकासलाई सबै भन्दा नजिक बाट नियाल्ने टोल विकास संस्थालाइ चुस्त दुरुस्त राखि पार्दर्शी र दिगो संस्थागत विकासमा जोड गर्दै समृद्ध वडाको रुपमा स्थापित गर्ने भन्दै यो तालिमको अयोजना गरेको वडाले जनाएको छ ।
महिलाहरुले नेतृत्व गरेको वडामा महिला नेतृत्वलाई पनि थप सहयोग र महिलाको सफल नेतृत्वलाई पनि यस तालिमले प्रतिनिधित्व गर्ने भन्दै तालिमको आयोजना गरिएको हो ।
तालिमको उद्घाटन जिल्ला समन्वय समितिको उप–प्रमुख गंगा राईले गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै राईले आफुले पनि लामो समय संस्थामा काम गरेको स्मरण गर्दै दिगो संस्था र संस्थाको योजनाहरु सफल पार्न आर्थिक लेखा चुस्त दुरुस्त हुनु पर्ने बताउनुभयो ।
लेखा ठिक तरिकाले राखेमा संस्थाको पारदर्शीता, जवाफदेहिता र शुसासन देखिने भन्दै यो तालिम निकै महत्वपूर्ण रहेको उप–प्रमुख राईले बताउनुभयो । यस तालिमले महिलाहरुको नेतृत्वमा विकास गर्नुका साथै संस्थालाई दिगो र टोल विकासका कार्य योजनाहरुलाई अगाडी बढाउन सफल हुने बताउनुभयो ।
संस्थाको उदेश्य अनुरुप काम गर्न संस्थाले आर्थिक योजनाहरु तयार गरेको हुन्छ । संस्थाको आर्थिक लेखा अनुसार नै बिभिन्न योजनाहरु बनाई संस्थाले आफ्नो काम गर्नु पर्ने हुनाले पहिला लेखालाई सहि तरिकाले व्यवस्था गर्नु पर्ने राईले बताउनुभयो ।
लेखा सहि तरिकाले संञ्चालन नभए वा व्यस्था नभए सम्म कुनै पनि संस्थाको गतिविधि बढदैन र विकासका कुनै पनि काम हुँदैन, पारदर्शीता हुँदैन यसले संस्थालाई आलोचना गराउने काम गर्नुका साथै संस्थाको उदेश्य विकास योजनाहरु अघि बढ्न सक्दैन उहाँले भन्नुभयो । यस्तो भयो भने टोल कहिल्यै विकास हुन नसक्ने र संस्थाको उदेश्य पुरा नहुने उहाँले बताउनुभयो ।
कतिपय संघ संस्थाहरु आर्थिक अव्यवस्थितकै कारण दिगो हुन नसकेको र उदेश्य बिहिन अवस्थामै पत्ता साफ भएको पनि उहाँले बताउनुभयो ।
यसैगरी वडा अध्यक्ष पशुपति चौधरीले आफ्नो गाउँ टोल विकासको पहिलो र नजिकको आँखाको रुपमा टोल विकास संस्था रहेको बताउनुभयो । किकासको गतिविधिलाई नजिकबाट नियाल्न नेपाल सरकारबाटै देशैभरी टोल विकास संस्थाहरुलाई परिचालन गरेको बताउनुभयो ।
आफ्नो गाउँ ठाउँलाई के कुराको अभाव छ ? के कारणले विकास हुन सकेन ? जस्ता कुराहरु नजिक बाट हेर्न देख्नका लागि पनि यसरी हरेक वडामा टोल विकासलाई जिम्मेवारीको रुपमा स्थापना गरेको बताउनुभयो । उहाँले १३ नं वडामा पनि १८ ओटा टोल विकास संस्थाहरु रहेको र अन्य बन्ने प्रयासमा रहेको बताउनुभयो । वडाले मात्रै सबै टोलहरुलाई नियाल्न नसक्ने भन्दै प्रत्येक टोलहरुमा बाक्लो रुपमा टोल विकास संस्थाहरु स्थापना गरेको चौधरीले बताउनुभयो ।
सरकारका अन्य प्रतिनिधिहरुले पनि गाउँ ठाउँको विकासहरु टाढा बाट नियाल्दा गाउँ टोलमा भएको अभावहरुलाई राम्ररी नियाल्न नसक्ने र विकासी कामहरु अदृश्य रुपमा अधुरो भईरहेको भन्दै विकासको पहिलो आँखाको रुपमा टोल विकासलाई खडा गरिएको अध्यक्ष चौधरीको भनाई छ ।
बिभिन्न टोल विकास संस्थाहरुकै पदाधिकारीहरुबाट आर्थिक लेखा जोखा चुस्त दुरुस्त राख्न केहि असहजिलो भएको भन्दै तालिमको माग गरेको आधारमा वडाले ३ दिने तालिम आयोजना गरेको वडा सचिव भिमा राईले बताउनुभयो । केहि असहजिला आर्थिक पाटोलाई सहजीकरण गरी संस्थाका उदेश्य प्राप्तिका लागि तालिम संस्ञ्चालन गरेको राईले बताउनुभयो । यस तालिममा १८ ओटै टोल विकास संस्थाका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई अनिवार्य उपस्थिति गराईएको सचिव राईले बताउनुभयो ।
तालिम जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी भिमबहादुर दाहाल, टोल विकास संस्थाका नगर संयोजक ललित शाहा र त्रियुगा नगरपालिका सामाजिक शाखाकी कर्मचारी अम्विका चौधरीले संञ्चालन गर्ने जनाएको छ ।
एसपी दाहालले लागुऔषाध सम्बन्धि, शाहाले टोल विकास बारे र लेखा बारे चौधरीले तालिममा सहजीकरण गर्ने वडाले जनाएको छ ।
