
पूणर्पुष्टि, जेष्ठ, १५
१३ नं वडाको वडा भेला मंगलबार सम्पन्न भएको छ । वडा भेला सँगै वडाले यो आर्थिक बर्ष ०७७/०७८ का लागि ५० लाखको सिलिङ बजेट पास गरेको छ । यो आर्थिक बर्ष वडामा बिभिन्न सम्बन्धित निकायहरु सँगको उपस्थितिमा बजेट पास गर्न सफल भएको वडा नं १३ की वडा अध्यक्ष पशुपति चौधरीले बताउनुभयो ।
वडाले यो बर्षको बजेट पासका लागि प्रत्येक १८ ओटै टोल विकास संस्थाहरुलाई परिचालन गरी बस्ति स्थर योजना छनोटको आधारमा बजेट पास गरेको अध्यक्ष चौधरीले बताउनुभयो ।
प्रत्येक टोल विकास संस्था, सर्वदलिय समन्वय समिति, महिला, बालक्लब, र ४ ओटा विद्यालयका प्र.अ सहितको उपस्थितिमा मंगलबार बजेट पास गरेको चौधरीले बताउनुभयो ।
१ करोड बजेट पास हुने वाडामा गत आर्थिक बर्ष ७५ लाख मात्र बजेट पास भएको थियो । यो बर्ष लकडाउनका कारण ५० लाख मात्र पास भएको वडाले जनाएको छ । यो बर्षको बजेटले विकास, शिक्षा, स्वास्थ्य, कृषि, लगाएत अन्य आवश्यक क्षेत्रहरुलाई समेटेर काम गर्ने वडाले जनाएको छ ।
