
पूर्णपुष्टि, जेष्ठ ४
१३ वर्षीया बालिका करणी गरेको आरोपमा कपिलवस्तुबाट दुईजना पुरुष पक्राउ परेका छन् । सामूहिक करणी गरेको आरोपमा शिवराज नगरपालिका–६ कुदरबेटवा बस्ने २६ वर्षीय इलियस मुसलमान र २१ वर्षीय चिनका मुसलमान उर्फ सलमान पक्राउ परेका हुन् ।
गएराती ९ बजेतिर गोठबाट घर जाँदै गरेकी १३ वर्षीय बालिकालाई उनीहरुले करणी गरेको आरोप छ । आरोपीहरुलाई वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
बालिकालाई माटरसाइकलमा राखेर उनीहरुले आँपको बगैँचामा लगेर करणी गरेको पीडितले प्रहरीलाई बताएका छन् ।
आरोपीहरुमाथि करणी मुद्दामा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
