
पूर्णपुष्टि, बैशाख १३
त्रियुगा नगरपालिका १४ नं वडामा माओवादी केन्द्रबाट हेम मगर वडाअध्यक्षको उम्मेदवार बनेको छ । उनि माओवादी केन्द्र र समाजवादी पार्टीको संयुक्त उम्मेदवार बनेको हो । हालै सम्पन्न कार्यकालमा वडा सदस्य समेत रहेका मगरले यो पटकमा भने आफैले अध्यक्षको टिकट बाजी मारे । मगर जनप्रिय नेतृत्वको रुपमा गाउँसमाजमा चिनिदैँ आएको व्यक्ति हो । उनि हाल १४ नं वडाका पार्टी उपाध्यक्ष समेत हुन् । मगरले जनताका लागि सामाजिक क्षेत्रमा समेत ठुलो योगदान पुराएको छ ।

उनले बिभिन्न क्षेत्रमा आवद्ध भई जनता र विकासको क्षेत्रलाई प्राथामिकतामा राखेको समेत जनाए । मगर नेतृत्वमा खुल्ला सदस्य नारायण बहादुर राई ‘नारद’ र एक बहादुर कटुवाल ‘उद्धब’ रहेका छन् भने खुल्ला महिला सदस्यमा रेखा थापा मगर छिन् । यता दलित महिला सदस्यमा केसरी माया नेपाली रहेकी छिन् । मगर सहित यो पटकको चुनावमा १४ नं वडामा एमाले बाट मेघजित राई र नेपाली कांग्रेस बाट गिता कुमारी थापा चुनावी मैदानमा उत्रेको भएको छ ।
