Saturday, April 25News That Matters

१४ बर्ष हुलाक उदयपुरको चिठ्ठी बाँडेर विदेशीए ठाकुर

पूर्णपुष्टि, २ चैत्र ।
जिल्ला हुलाक कार्यालय उदयपुरले करारमा कार्यरत एक कर्मचारीलाई बिदाई गरेको छ । करिब १४ बर्ष देखी जिल्ला हुलाक कार्यालय उदयपुरमा हलकरा पदमा कार्यरत ४१ बर्षिय अमर ठाकुलाई शुक्रबार कार्यालयले भव्य विदाई गरेको हो । ठाकुरले २०६६÷४÷ २७ गतेदेखी हुलाक कार्यालयमा हुलाकीको रुपमा काम सुरु गरेका थिए । पछि ठाकुरको राम्रो काम कर्तव्यको कारण कार्यालयले हुलाकीबाट हलकराको रुपमा पदोन्नती गरेका थिए । कार्यालय प्रमुख हरिलाल खत्रीले ठाकुरले कार्यालयमा घरायसी कारण देखाएर राजीनामा मागेपछि राजीनामा स्वीकृत दिएको जनाए ।

ठाकुरले बेल्टार इलाका कार्यालय र जिल्ला हुलाक कार्यालयमा कार्यक्षेत्र बनाएर झण्डै १४ बर्ष ५ महिना काम गरेको जनाए । उनलाई कार्यालय प्रमुख खत्री सहित भिभागिय कर्मचारीहरुको संयुक्त उपस्थितिमा विदाई गरिएको हो । १४ बर्ष नेपाल सरकारलाई महत्वपूर्ण योगदान र सहयोग पुराएकोमा कर्मचारीहरुले धन्यवाद व्यक्त गरे । उनलाई आगमी दिनको कामना सहित डायरी र कलम मायाको चिनो स्वरुप प्रदान गर्दै विदाई गरिएको छ । यता ठाकुरले भने हुलाक कार्यालयको पारिश्रमिकले आफ्नो घर चलाउन समस्या भएपछि विदेशिन बाध्य भएको जनाए । उनले हुलाक कार्यालयको हलकरा पदमा पाईने पारिश्रमिकले परिवार धान्न गह्रो भएको भन्दै जागिर छाड्ने निधो गरेका थिए । उनी जागिर छोडेर विदेशमा गएर थप आर्थिक कमाउने र परिवार सहज बनाउने उदेश्यले जागिर छाडेको बताए । ठाकुर विदाईकै दिन काठमाण्डौँ हिडेको छ । उनलको दुवाईको लागि तत्काल उडान हुने भएपछि विदाई तत्कालै विदेशको यात्रा तय गरेको छ ।