Wednesday, June 3News That Matters

१५ नं वडा बाँङगेमा आगलागी हुँदा राजेश राईको घर जलेर नष्ट

पूर्णपुष्टि, फागुन २९
त्रियुगा नगरपालिका १५ नं वडाबाङ्गेमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । चुल्होमा बालिएको आगो बाट आगलागी भएको स्थानीयले जनाएको छ । आगलागीमा २ झण्डै ३ लाख बराबरको क्षती पुगेको प्रहरीले जनाएको छ । शुक्रबार रातको करिब १० बजेतिर आगो लागि हँुदा अन्नपात तथा लत्ता कपडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाए । आगलागि पिडित राईलाई जाल्पाले राहत सहयोग गरेको छ । दैनिकीका लागि खाद्यन्न, दाल, तरकारी चिनी, नुन लगायतको समाग्री सहयोग गरेको छ ।