
पूर्णपुष्टि, जेठ २६ गते ।
एक १५ वर्षीया किशोरीले १६ दिने नवजात शिशुको हत्या गरेको गरेकी छिन् । दाङमा सो किशोरीलाई गर्भधारण गर्भवती बनाउने युवन मुस्ताङ रहेको खुलेको छ । बुधबार राप्ती गाउँपालिका–३ निवासी १५ वर्षीया दलित समुदायकी अविवाहित एक किशोरीले आफ्नो १६ दिने शिशुलाई सेफ्टी टयाङ्घीमा फालेर हत्या गरेको घटना बाहिरिएको थियो । त्यसलगत्तै प्रहरी नियन्त्रणमा रहेकी किशोरीले आफुलाई गर्भधारण गराउने पुरुषका बारेमा बताएकी हुन् ।
उनले आफुलाई सोही वडाका स्थानीय युवक २२ वर्षीय विकास घर्तीमगरले गर्भधारण गराएको बताएकी छिन् । घर्तीमगर अहिले रोजगारीका सिलसिलामा मुस्ताङमा रहेको र उनलाई झिकाउने तयारी भैरहेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।
घरको आर्थिक अवस्था दयनीय रहेको र सुत्केरी अवस्थामा आवश्यक पौष्टिक आहरा नपाएका कारण किशोरीको स्वास्थ्य अवस्था कमजोर भएको छ । किशोरीलाई अहिले प्रहरीको निगरानीमा राप्ती विज्ञान प्रतिष्ठानमा उपचारार्थ राखिएको छ । किशोरीले जेठ ९ गते छोरीलाई जन्म दिएकी थिइन् ।
